डर्टमण्डलाई २-० गोलले पराजित गर्दै पीएसजी क्वाटरफाइनलमा

डर्टमण्डलाई २-० गोलले पराजित गर्दै पीएसजी क्वाटरफाइनलमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित पीएसजी अन्तिम आठमा पुगेको हो ।

कोरोना भाईरसको कारण दर्शकबिना भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले एक एक गोल गरे ।

Juan Bernat celebrates with Neymar after scoring the second goal for Paris Saint-Germain

१० खेलाडीमा सिमित बनेको डर्टमण्डविरुद्ध खेलको २८ औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा इम्री क्यानले रातो कार्ड पाउँदा डर्टमण्ड अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो । उनले नेयमारलाई खराब ट्याकल गरेका थिए ।

Dortmund midfielder Emre Can was sent off late on following a clash with Neymar

यस अघि डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेगमा २-१ को जित निकालेको थियो । तर, दोस्रो लेगमा डर्टमण्डले घरेलु मैदानको प्रदर्शन दोहोर्याउन नसक्दा अन्तिम १६ बाट बाहिरिएको छ ।

Kylian Mbappe started on the bench after suffering from a sore throat but came on as a sub

सम्बन्धित खवर