भारतबाट १० बालबालिकाको उद्धार

भारतबाट १० बालबालिकाको उद्धार

राजेन्द्र महतो
प्रदेश दैनिक संवाददाता, लहान । सिरहाको दक्षिण बर्ति सिमा नाकाबाट भारतमा कामको खोजीमा गएका १० नावालक बालबालिकाहरुको उद्धार भएको छ ।

उनिहरु लाई चाइल्ड लाइन क्लब मधुबनी भारतले बाल गृहबाट उद्धार गरी नेपाल रेडक्रस सोसाइटी सिरहा मार्फत जिल्ला प्रहरी कार्यालय सिरहालाई शनिवार हस्तान्तरण गरेका हो।

उद्धार गरिएका बालकहरुमा सुखिपुर नगरपालिका ४ का १३ वर्षिय रामानन्द कुमार दास, सोही ठाउँका १४ वर्षिय हेमनारायण दास, सुखिपुर नगरपालिका ७ का १७ वर्षिय शैलेन्द्र कुमार दास, औरही गाउँपालिका २ तुल्सीपुरका १४ वर्षिय सुरेश कुमार राम, मिर्चैया नगरपालिका ११ का १२ वर्षिय विरेन्द्र महरा, नवराजपुर गाउँपालिका ४ का १४ वर्षिय भगवती कुमार मण्डल, सोही ठाउँ का १० वर्षिय सन्तोष कुमार मण्डल , ११ वर्षिय रोशन कुमार मण्डल , १३ वर्षिय सुलिन कुमार मण्डल ,१५ वर्षिय इन्द्रजीत कुमार मण्डललाई प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको रोहबरमा उद्धार गरी अभिभावकलाई बुझाएको जिल्ला पूहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

उद्धार गरिएका बालकहरु विगत ३ महिनादेखि बाल संरक्षण इकाइ मधुबनीमा रहेका प्रहरीले जानकारी दिएको हो ।

सम्बन्धित खवर