सुनवर्षी मेयर कपमा कानेपोखरी सेमीफाइनलमा, सुन्दरहरैँचा १–० ले पराजित

सुनवर्षी मेयर कपमा कानेपोखरी सेमीफाइनलमा, सुन्दरहरैँचा १–० ले पराजित

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी सुनवर्षी मेयरकप फटबलमा कानेपोखरी सेमीफाइनमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा सुन्दरहरैँचालाई १–० गोल अन्तरले पराजित गर्दै कानेपोखरी अघिल्लो चरणमा उक्लिएको हो ।

पहिलो हाफमा निकै आक्रमक खेल प्रस्तुत गरेका दुवै टिमले कुनैपनि गोल गर्न सकेनन् । दोस्रो हाफको २३ औँ मिनेटमा कानेपोखरीका सन्तोष न्यौपानेको उत्कृष्ट पासलाई बिजय ढकालले गोलपोसको जाली चुमाएका थिए । ढकालको सोही गोल नै खेलको निर्णायक बन्न पुग्यो । खेल अवधीभर निकै राम्रो खेल देखाएका कानेपोखरीका न्यौपाने म्यान अफ दि म्याच भए ।

आजको खेलमा ३ वटा पहेँलो कार्डको प्रयोग भयो । खेलको ३० औँ मिनेटमा सुन्दर हरैँचाका खेलाडी आशिस चौधरीले फल गरेपछि पहिलो पहेँलो कार्ड पाए । पूनः खेलको ३४ औँ मिनेटमा सुन्दरहरैँचाकै खेलाडी अन्जेस राईले फल गरेपछि अर्को पहेँलो कार्ड पाए । यस्तै खेलको अन्तिममा सुन्दरहरैँचाका खेलाडी अर्जुन माझीले पनि पहेँलो कार्ड पाए ।

सुनवर्षी २ अमरदहमा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा जारी खेलमा भोली ९सोमबार० कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिका बिच हुने खेल संयोजक यादब कुमार बस्नेतले जानकारी दिनुभयो । खेलको बिजेताले १ लाख २१ हजार र उप बिजेताले ६५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । फागुन २६ र २७ गतेको खेल होली पर्वका लागि भनेर स्थकित गरिएको छ ।

सम्बन्धित खवर