बार्सिलोनाको कठिन जित

बार्सिलोनाको कठिन जित

अन्तिम समयमा प्राप्त पेनाल्टीलाई लियोनेल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले गएराति घरेलु क्याम्प नोउको मैदानमा रियाल सोसिडाडमाथि १–० को संघर्षमय जित हासिल गरेको छ।

६ दिनअघि सान्टियागो बेर्नाबेउमा चिर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको बार्सिलोना यो जितपछि स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। २७ खेलमा ५८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा फर्किँदा एक खेल कम खेलेको रियाल ५६ अंकका साथ दोस्रो स्थानमा झरेको छ।

पछिल्ला सातमध्ये ६ खेलमा गोल गर्न नसकेका मेसीले सोसिडाडविरुद्ध समय सकिन ९ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा सफलता हासिल गर्दै गोलको खडेरी पुरे।। रोबिन ली नोर्मान्डले वायाँ विंग्सबाट आएको क्रसलाई हातले छोएको भिडियो सहायक रेफ्री (भिएआर)ले देखाएपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो।

सम्बन्धित खवर