अनेरास्ववियू उदयपुरले पायो पूर्णता

अनेरास्ववियू उदयपुरले पायो पूर्णता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को एकता भएसँगै उदयपुर जिल्लामा पनि अनेरास्ववियू जिल्ला कमिटीले पूर्णता पाएको छ ।

तत्कालिन एमाले निकट अनेरास्ववियूबाट २९ सदस्य र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २६ सदस्य गरी ५५ जनाको जिल्ला कमिटी बनेको हो । अनेरास्ववियू जिल्ला संयोजक बिमल कार्की, सह–संयोजक सरोज अधिकारी, अनेरास्ववियूका केन्द्रिय सदस्यहरु भरत घिमिरे, रामशरण चौधरी र केशव चाम्लिङ राईको संयुक्त उपस्थितिमा अनेरास्ववियू उदयपूर जिल्ला कमिटीले आईतबार पूर्णता पाएको हो ।

अनेरास्ववियू जिल्ला संयोजक र सह–संयोजक दुवै रहने गरी ५५ जनाको जिल्ला कमिटी घोषणा गरिएको हो । अनेरास्ववियू उदयपूरले ७ कार्यलय सदस्य र १९ सचिवालय सदस्यसहित ८ वटै स्थानिय तह र जिल्लाका मुख्य क्याम्पसहरुको संयोजक र सह–संयोजक पनि टुङ्गो लगाएको छ ।
जिल्ला संयोजक बिमल कार्की, सह–संयोजक सरोज अधिकारी सहित विजय कार्की, प्रवेश ठकुरी, सिताराम राउत, केशव मगर र सिमा श्रेष्ठ कार्यलय सदस्यमा छन् ।

सम्बन्धित खवर