पाप र धर्म त कर्मले बनाउछ नकि कसैको रगतले

पाप र धर्म त कर्मले बनाउछ नकि कसैको रगतले

मानिसका अनेकौ गुणहरु हुन्छन र ती अनेकौं गुणहरु भित्रै लुकेर बसेको हुन्छ मौनता | आफुलाइ एब्नर्मल लागेका कुराहरुलाइ प्रस्ट ब्यवहारमा देखाउन कहिलेकाही त्यहाँको परिस्थितिलाई काबुमा राख्न नसकिनु यथार्थ रहेछ ,उमेर क्रमशः बड्दै जाने क्रममा मानिसको मर्चुरिटी पनि हरेक हिसाबले बड्दै जादो रहेछ | जतिबेला म १४ बर्सकी थिए एकातिर एस.एल .सि .परिक्षा नजिकिदै थियो अर्को तिर म आमा बन्नका लागि योग्य अर्थात मलाई रजस्वला भएको थियो, गाउमा कसैलाइ रजस्वला हुदा अर्काको धरमा २२ दिन बस्न जानुपर्ने,दाजुभाइको अनुहार हेरे उनिहरुको पतन हुने,पानी छुन नहुने,भान्सा,मन्दिरमा जान नहुने जस्ता सामाजिक नियमहरु प्रचलित थिए | तर त्यो बेला आमाको बुबा स्वर्गाहरोहण हुनुभएको,बुबा र दाजुभाइ घरबाहिरै रहनुभएकोले मैले कसैकोमा गएर बस्नु परेन | समय बित्दै गयो महिनामा एकपटक महिलाबर्गलाइ रजस्वला हुनु प्राकृतिक नियम भएजस्तै जतिबेला मलाई रजस्वला हुन्थ्यो उतिबेला आमाले म माथी पनि समाजले बनाएका नियमहरुलाइ लागू गर्न भन्नुहुन्थ्यो तर मलाइ भने पटक्कै चित्त बुझ्दैनथ्यो,घरमा राखेका बिउबिजनहरु छोएमा नउम्रने,बोटबिरुवा छोए मर्ने,खाना बनाएर दिए पाप लाग्ने जस्ता कुराहरु सधै आमाले गर्नुहुन्थ्यो तर मैले त्यसो गरिन ,रजस्वला भएको समयमा आमासग लुकेर काक्रा ,फर्सी र आलुका बिउहरु छोइदिन्थे म | पछि उक्त बालिहरु रोप्ने समयमा मैले छोएका बिउहरु उमृदैननकी भन्ने डर पनि मनमा भैरहन्थ्यो तर पछि सबै बिरुवा राम्रोसग उम्रुन्थे,हुर्किन्थे बड्थे र सधैं झै फल दिन्थे ,त्यसपछी मैले रजस्वला माथी समाजले बनाएका सबै नियमहरु बेकामे र निकम्मा छन भन्ने निस्कर्श निकाले | धेरैपटक रजस्वला हुदा मैले भान्साको काम गरे,खेतिपातिको काममा आमाबा लाई सघाए ,पाठपुजा ,भोजभतेरमा सामेल भए,मन्दिरमा गए ,भाइटिका लगाए,दशैको टीका थापे अर्थात भनौ रजस्वलालाई लिएर बनाएका नियमहरुलाई आफ्नो जिवनमा कार्यान्वयन गरिन र कसैलाइ भनिन पनि | एकदिन आमासग मैले यो बारेमा कुरा गरे आमाले यी सबै मान्छेले बनाएका कानुनहरु हुन पहिले अहिलेको जस्तो सुबिधाहरु थिएनन ( पानी,सेनेटरी प्याड,उपयुक्त आवास) त्यसैले रजस्वला भएर बग्ने रगत यत्रतत्रहुने भएकाले जानेर या नजानेर यस्तो नियम बनेका हुन तिमिलाइ बेठिक लाग्छ भने तिमिलाइ लागेकै गर भनेपछी मन प्रफुल्ल भयो l

 

वास्तममा रजस्वला भनेको महिलाहरुको पाठेघर तथा अन्डासयमा २ किसिमका हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सी हुन्छ्न | कन्ट्राक्सन तथा यसका भित्री तह इडोमेट्रियम बनाउन र बिगार्न महिनावारी गराउने भुमिका यिनिहरुले खेल्दछन ,स्वास्थ्य बिज्ञानमा पाठेघरको भित्रीतहमा हार्मोनहरुको नियन्त्रणमा टुक्रिएका टुक्राहरु महिलाहरुको योनिमार्ग हुँदै रगत बग्ने एउटा नर्मल प्रक्रिया नै रजस्वला हो | महिलालाइ रजस्वला हुनु भनेको सन्सारमा जन्मको प्राकृतिक नियम नतोडिनु हो तर नेपाली समाजमा रजस्वला भएकी महिलालाइ परिवार र समाजका हरेक अवसरहरुबाट बन्चित गराइन्छ,देशको गरिबी र गलत शिक्षा पद्धति मानबिय चेतनाको बाधक बन्यो ,समाजमा रहेका कथित शिक्षित भनाउदाहरुले आफुलाइ थाहा भएका नराम्रा प्रथाहरुलाइ निरुत्साहित गर्नुको साटो प्रोत्साहित गरे उनिहरुले नै रजस्वला जस्तो प्राकृतिक उपहारलाइ आजको आधुनिक बिश्वमा पचाउन सक्ने सामर्थ्य राखेनन | उचित जिवनउपयोगी शिक्षा र यसको प्रभावकारी कार्यान्वयनको अभावको कारणले गर्दा हामी भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि धेरै पछि परिसक्यौ यसको प्रभाव स्वास्थ्य क्षेत्रमा बेजोड रुपमा प्रस्तुत भएको हाम्रा आँखा अगाडि छर्लङ्गै छ | बिध्यालयमा समेत पढाईहुने करिकुलममा महिनावारीका बारेमा उल्लेख गरिएतापनी यो बिसयमा कक्षाकोठामा पर्याप्त डिस्कसन हुन नसक्नुले अहिलेका कतिपय किशोरीहरु यो बिसयमा अन्जान मै छन |

 

प्राचीन समयदेखी बर्तमान सम्म आइपुग्दा पनि महिलामाथी उत्पिडन सामाजिक र सास्कृतिक सम्बन्धसग जोडिएको एउटा गहन र महत्वपूर्ण टपिक हो रजस्वला ,समाजले जहिलेपनी नारिलाइ सामर्थ्यहिन ठान्नुका साथै पुरातन बिचारधाराले केवल भोगको साधन बनाएर मान्छे उत्पादन गर्ने कारखाना नारीलाई ठान्नु अबको एक्काइसौ शताब्दीमा पाच्य हुन सक्दैन | तर आध्यात्यबादको खोल ओढेर कति सजिलोसँग केही पुरुसहरु आफ्नो स्वप्नदोषलाइ प्राकृतिक नियम ठान्छन ,नेपाली समाजमा नजान्नेजस्तो गरेर बाहानबाजी गर्नेहरुको कम छैन जसले महिलालाइ हरेक कुराबाट दबाएर ,अन्यायमा पारेर बर्शको एकदिन ह्यापी विमेन डे भन्दै बोक्रे दर्शाउछन |

 

आज महिलामाथी भएका यस्ता ब्यवहारहरु ,तमाम बिकृती र बिसङ्गतिहरु सनातन परम्परा र हिन्दु समाजको उपज मात्र होइनन यस्ता ब्यवहारहरु त केवल बुर्जुवा शिक्षाको चरम पराकाष्ठाको देन पनि हुन | सुदुरपश्चिमका कतिपय जिल्लाहरुमा रजस्वला भएकी महिलालाइ पशुसरह गोठमा बन्धक बनाएर राखिन्छ उनलाइ समाजले त्यो समयमा अछुतको ट्याग भिराइदिन्छ ,कतिबेला सर्पले डस्ने,हिंस्रक जनावरले टोक्ने,छाउगोठ भत्किने,गोठभित्र पानी पस्ने,निस्सासिएर स्वासप्रस्वासमा कठिनाइ हुने,गलत प्रवृत्तिका मानिसहरुबाट बलात्कारको सिकार हुनुपर्ने जस्ता पिरहरुलाइ कुन्ठित गरेर जीवन र मृत्युको दोसाधमा छटपटाउदै चेतनाको उज्यालो किरणको पर्खाइमा रहेका त्यहाका दिदिबहिनीहरुको दुखेको मनमा पट्टि कसले लगाइदिने? सेनेटरी प्याडको अभावमा थोत्रो कपडाको टालो र खरानी प्रयोग गर्दै आएका दिदिबहिनिको स्वास्थको ग्यारेन्टी कसले लिने??

महिनावारिका समयमा महिलाहरु स्वयम् शारिरिक रुपले कमजोर भएका हुन्छन ,कहिलेकाही मुड चेन्ज हुने ,मुड स्वियिङ हुने र मिक्स फिलिङहरु भै राख्ने हुनाले परिवारका सदस्यहरुबाट टाढा राख्नु राम्रो होइन | महिनावारीको समयमा भान्सा ,घर र मन्दिरहरुमा पस्न रोक लगाउनुलाई मानविय ब्यवहार भन्न सकिन्न,महिनावारी पाप हो भन्नेहरुले मन्दिरहरुमा मुर्तो बनाएर सजावट भएका देबि ,सरस्वती ,दुर्गा,लक्ष्मी पार्वती र सितालाइ रजस्वला हुन्थ्यो ,उनिहरुपनी स्त्री नै हुन,उनिहरुहरु पनि रजस्वला जस्तो प्राकृतिक परिधिभित्र थिए भन्ने बुझ्न l

मनिशा आचार्य अनेरास्ववियू केन्द्रिय सदस्य 

 

सम्बन्धित खवर