७ हजार भुइँकटहरको बिरुवा बितरण

७ हजार भुइँकटहरको बिरुवा बितरण

सिन्धुली,२४ फगुन– कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत वडा न. ८ को करकरे लाई पकेट क्षेत्रको रुपमा बिकास गर्नको लागि शुक्रवार भुइँकटहरको बिरुवा बितरण गरेको छ ।

कमलामाई नगरपालिकाका प्रममुख खड्ग खत्री र उप–प्रमुख मञ्जु देबकोटाले संयुक्त रुपमा कृषकहरु लाई बितरण गर्नुभएको थियो ।
बिरुवा बितरण कार्यत्रमा सम्बोधन गर्दै कमलामाई नगरपालिका प्रमुख खडगबहादुर खत्रीले , हामीले जती समृद्धिका कुरा गरे पनि पहिले सबै अत्मानिर्भर हुनु पर्ने र आत्मानिर्भर भए मात्रै मुलुक समृद्ध हुने बताउनु भयो । नेपालमा खेतीयोग्य जमिन प्रसस्त छ, तर श्रम गर्ने हातहरुको कमी रहेको छ । उहाँले भन्नुभयो “ कसैले खान नपाएर बस्नु नपरोस रोजगारी नपाएर बेरोजगार भएकाले काम पाईन भनेर नगरपालिका आयो भने र ८ घन्टा खटेर काम गर्नुपर्छ नगरपालिकाले रोजगारी ग्यारेन्टी गर्छ । ”

नगरपालिका उप–प्रमुख मन्जु देबकोटाले अब हामी खाली हात र खाली दिमागले बस्नु नपर्ने बताउनु भयो । कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमको सुभारम्भ गरेको छ , सोहि अनुरुप आज हामीले वडा न. ८ को करकरेमा भुइँकहटर पकेट क्षेत्रको रुपमा बिकास गर्नको लागि बिरुवा बितरण गरेका हौँ । भुइँकटहरको जुस किन्न अन्त जाने दिनको अन्त्यगरी अव सिन्धुलीबाट पाइनपल जुस उत्पादन गरेर निर्यात गर्न कृषकहरु लाई आग्रह गर्नुभयो ।

उहाँले कृषकले स्थानीय हावापानी सुहाउने खालको बाली लगाउनु पर्छ , कृषकहरुलाई अझ ब्याबसायिक बनाउनको लागि उहाँहरुको रुची अनुसारको बाली लगाउन होस रोग किराको समस्या भएमा नगरपालिकाले प्राबिधीक पठाएर सहयोग र सहजीकरण गर्ने बताउनु भयो । एउटै खालको उत्पादनले मात्रै पुग्दैन सबैखालको उत्पादन हुने हाम्रो भुमी छ त्यसैले सबैले भुगोल माटो, सुहाँउदो बाली लगाउनु पर्नेमा उहाँको जोड थियो ।

उहाँले भन्नुभयो ,“ मैले अरुलाई मात्रै यसो गर्नुस उसो गर्नुुस भनेर भनेको हैन ? म आफैले घरमा १ सय बोट लिची लगाएको छु त्यसैगरी तपाईहरुले पनि लिची आँप लगाउनुु भयो भने १० बोट मात्रै लगाउनु भयो भने बार्षिक १ लाखको आम्दानी लिन सकिन्छ । हामीले पनि लगाएका छौ हेरौ फल्न र फु्ल्न बाकीँ छ , कस्तो उत्पादन हुन्छ ।

त्यसैले हामी एक बालीमा मात्र हैन अब बहुबालीमा जोड दिनुहोस ।’नगरपालिकाले पकेट क्षेत्रका ३० जना कृषकहरु लाई ७ हजार भुइँकटहरको बिरुवा बितरण गरेको छ ।

सम्बन्धित खवर