अनेरास्ववियूले गर्यो सहिद बेनोजको श्रद्धाञ्जलीसभा

अनेरास्ववियूले गर्यो सहिद बेनोजको श्रद्धाञ्जलीसभा

 

विराटनगर । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष वेनोज अधिकारीको स्मरणमा उनलाई हत्या गरिएको स्थलमा गएर १८औं स्मृति दिवस मनाएको छ।

२०५८ फागुन २४ गते अनेरास्ववियू (क्रान्तिकारी) का तत्कालीन उपाध्यक्ष वेनोज अधिकारीलाई सुरक्षा फौजले मोरङको खोर्सानेमा लगेर मुठभेडको नाममा हत्या गरेको थियो ।

अधिकारीलाई फागुन २२ गते विराटनगरबाट नियन्त्रणमा लिएको दुई दिनपछि हत्या गरेको थियो।

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिकाको खोर्साने बजारको उत्तरमा रहेको जंगलमा आज आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले सो स्थानमा वेनोज स्मृति पार्क र सहिद प्रतिमा बनाउने घोषणा गरे ।

हाल अनेरास्ववियू नेता बस्नेतले वेनोजहरुको वलिदान विना मुलुकमा गणतन्त्र सहितको परिवर्तन सम्भव नहुने दावी गरे । कार्यक्रममा अनेरास्ववियूका नेता मदन भट्टराई, भाष्कर खनाल, डम्वर अधिकारी, खगेन्द्र सुवेदी, ताजिम अन्सारी, जिशस न्यौपाने, सन्तोष घिमिरे , टेकेन क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर