फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

राजेन्द्र महतो
प्रदेश दैनिक संवाददाता, लहान ।

सिरहाको मिर्चैया नगरपालिका ३ राघोपुर बजारमा ज्यान मार्ने मुद्दाका फरार प्रतिबादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी मिर्चैया नगरपालिका ३ बस्ने २६ बर्षिय सुदिप चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर