स्टिल निकाल्ने भन्दै अस्पतालले हड्डि काटिदियो

स्टिल निकाल्ने भन्दै अस्पतालले हड्डि काटिदियो

उदयपुर : उदयपुरमा एउटा अस्पतालले बिरामीको स्टिल निकाल्ने भन्दै हड्डि काटिदिएको छ ।


जिल्लाको सिभिल हस्पिटलले जबरजस्ति अप्रेशन गर्न लगाई बिरामीको कुम जोड्न राखिएको स्टिल निकालि दिनुको सट्टा उल्टै हड्डि काटिदिएको पाईको छ ।

खोटाङको दिक्तेल मझुवागढी नगरपालिका ३ बाम्राङका ४२ बर्षिय पूर्णबहादुर खत्री गत बर्ष लडेर देब्रे कुम खुस्किएपछि काठमाडौमा स्टिल लगाएका थिए । तेहि स्टिल निकाल्न आउँदा डाक्टरले हड्डि काटिदिएको पिडित खत्रीले गाईघाटमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्।

सिभिल अस्पतालका डा.सञ्जयकुमार साहले अप्रेशन गरेर हड्डि काटिदिएको पिडितले पत्रकार सम्मेलनमा बताए । सोही स्टिल निकाल्नको लागी काठमाडौं जान खोजेका बिरामीलाई सिभिल अस्पतालमै डाक्टरले जबजस्ति अप्रेशन गराएका थिए ।

पिडित खत्रीले भन्ने, “सुरुमा ५५ हजार अप्रेशन खर्च लाग्ने भनिएता पनि अस्पताल सञ्चालकले मोलतोल गरेर २५ हजारमा जबजस्ति अप्रेशन गराएको बताए ।”

पत्रकार सम्मेलनमा पिडितले न्यायको माग दोसीलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । सिभिल हस्पिटलमा महंगो शुल्क लिने र लापरबाहिपूर्ण उपचार गर्ने गरेको गुनासा धेरै सर्वसाधारणहरुबाट आउने गरेको पाईन्छ ।

सम्बन्धित खवर