शैक्षिक संस्था बन्द गर्न अनेरास्ववियूको माग

शैक्षिक संस्था बन्द गर्न अनेरास्ववियूको माग

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूले स्कुल/कलेज बन्द गर्न माग गरेको छ ।

विश्व स्वस्थ्य संगठनले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको सूचीमा सुचीकृत गरेको भन्दै स्कुल/कलेज बन्द गर्न माग गरेको हो । उसले सरकारको कामलाई पर्याप्त तयारी मानेर बस्न नहुने पनि बताएको छ ।

सरकारले भिडभाड, विवाह, भोज नगर्न भने पनि विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन भइरहनु दुविधायुक्त भएको बताउँदै अनेरास्ववियूले उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चितकालका लागि स्कुल/कलेज बिदा गर्न माग गरेको छ ।

सम्बन्धित खवर