सिन्धुलीमा माक्सको अभाव

सिन्धुलीमा माक्सको अभाव

सिन्धुली,२३ फागुन – विश्वभर कोरोना भाईरको त्रास बढेसँगै सिन्धुली जिल्लामा पनि मास्कको अभाव देखिएको छ ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका औषधी पसलहरुले कोरोना भाईरसको हल्ला बढेसँगै झण्डै एक सातादेखि मास्कको अभाव भएको जनाएका छन् । कोरोना भाईरसबाट बँच्न मास्क लगाउने व्यक्तिबढेसँगै मास्कको अभाव देखिएको ती पसलको भनाई छ ।
सदरमुकाम स्थित श्रेष्ठ फर्माका सञ्चालक सुरेन्द्र श्रेष्ठ आफ्नो पसलमा मास्क सकिएको एक साता भएको बताउनुहुन्छ । उहाँले नेपालमा मास्क चिनबाट आउने गरेको तर चिनमा नै कोरोना भाईरसको प्रकोप रहेकोले अभावभई चिनबाटै नआएको होलसेल व्यापारीले बताएको सुनाउनु भयो ।

उहाँले भन्नुभयो, “जति बेला पनि पाईने भएकोले हामीले पाँच÷सात सय पिस राखेर बेच्दै आएका थियौं । अहिले सकिएपछि हामीले ल्याउने होलसेल पसलमा भनेर झिकाउन खोज्दा प्रतिपिस आठ रुपैयामा पाउने मास्कलाई १२ रुपैया भन्यो । त्यो पनि आउने ठेगान छैन भन्यो ।”

“१२ रुपैयामा किनेपछि हामीले १५ रुपैयामा त बेच्नै प¥यो, त्यसो गर्दा कालो बजारी ग¥यो भन्ने आरोप खेप्नु पर्ने भएकोले मैले त्यसपछि मास्क मगाउने प्रयास गरिन,” उहाँले भन्नुभयो । उहाँका अनुसार यसअघि सदरमुकामका औषधी पसलले मास्क प्रतिपिस १० रुपैयामा बेच्दै आएका थिए ।

सदरमुकामकै अर्को आषिस फेन्सि पसलका व्यापारी मनोज तिमल्सिना पनि मास्क सकेर अहिले आफैलाई लाउन नभएको बताउनुहुन्छ । “बजारमा अहिले मास्कको अभाव देखिएको छ,” उहाँले भन्नुभयो, “काठमाडाँैकै होलसेल व्यापारीले मास्क लुकाएको जस्तो लागेको छ । २०/२५ रुपैया पर्ने मास्कलाई होलसेलमा भन्दा ५०÷६० रुपैयामा बेचेको, त्यही पनि सकियो भन्ने जवाफ आउछ ।”

धेरै ग्राहकहरु मास्क खोज्दै पसलमा आउने गरेका तर आफुसँग नभएपछि सकियो भन्दै फर्काउने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “होलसेलमा भन्दा अरु समानभए गाडी नै पठाई दिन्छु, मास्कको कुरै नगरौ भन्छन् ।”

त्यस्तै एन्जल क्लिनिकका सञ्चालक बब्लु चौधरी पनि पहिले आफुले काठमाडौँबाट प्रतिपिस दुई रुपैयामा झिकाउदै आएको मास्कलाई अहिले ४० रुपैया भन्ने गरेको बताउनुहुन्छ । ‘काठमाडाँैबाट मास्क नआएको एक महिना भयो, उही नै मँहगो भनेपछि मैले झिकाउने प्रयास गरेको छैन,” उहाँले भन्नुभयो, “मसँग अहिले भएको दुई चार पिस विद्यार्थीलाई दिदै आएको छु ।”

कोरोना भाइरसको त्रास बढेसँगै सिन्धुली जिल्लामा पनि सजगता अपनाउन सुरु गरिएको छ । जिल्लाका सामुदायिक विद्यालयले कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा चैत ५ गतेभित्र सक्ने गरी तयारी सुरु गरेका छन् ।

उक्त परिक्षा चैत ९ गतेदेखि सुरु गर्ने शैक्षिक क्यालिण्डर (पात्रो) रहेपनि को’रोना भा’ईरसकै कारण शिक्षा मन्त्रालयको परिपत्र अनुसार यहि फागुन २८ गतेदेखि सुरु गरेर चैत ५ गतेभित्र सक्ने गरी तयारी गरिएको शिक्षक महासंघ सिन्धुलीका सहअध्यक्ष रमेशप्रसाद देवकोटा बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा आयोजना गर्न थालिएको विभिन्न मेला, महोत्सव लगायतका कार्यक्रमहरु तत्कालका लागि स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले पनि स्थानिय प्रशासनले महोत्सव स्थगित गर्न आग्रह गरेपछि तिनपाटन प्रादेशिक गर्न अन्यौल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यही फागुन २३ गतेदेखि चैत १ गतेसम्म चकमके बजारमा उक्त महोत्सव गर्न सबै तयारी पुरा भई सकेको छ । खर्च पनि धेरै भई सक्यो । सिडियो सापले अध्यक्ष ज्यु रोक्नु प¥यो भन्नु भएकोले अन्यौल भएको छ ।”

स्थानीय प्रशासनले शान्ति सुरक्षा दिन्छु भन्यो भने महोत्सव गर्ने सोच रहेको उहाँको भनाई छ । विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खवर