राजेन्द्र महतो,
प्रदेश संवाददाता सिरहा ।
सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको सिरहा नगरपालिका १९ र २२ मा संचालित विभिन्न मदिरा पसलबाट अवैध रूपमा बिक्रि वितरणको लागि राखेको घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
प्रहरी चौकी सन्हैठाबाट खटिएको टोलीले सिरहा नगरपालिका १९ र २२ मा रहेका मदिरा पसलबाट करीब १ सय लिटर तयारी मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी बिनोद घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको टोलिले मिर्चैया नगरपालिका ९ कमलदहमा बिक्री गर्नका लागि अवैध रुपमा लैजादै गरेको २० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
बरामद गरिएको मदिरा स्थानियबासी, जनप्रतिनिधि लगायतको उपस्थितिमा नष्ट गरिएको हो । मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलुहिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धिभइरहेको देखिन्छ।




