सिरहामा लागु औषध सहित एक जना पक्राउ

सिरहामा लागु औषध सहित एक जना पक्राउ

 

राजेन्द्र महतो लहान ।
सिरहाको भगवानपुर गाउँपालिका ३ अभयनगरबाट बुधबार सिरहा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी ठाडी सिरहा र सशस्त्र प्रहरीको संयुक्त टोलीले भगवानपुर गाउँपालिका ३ अभयनगर स्थित दक्षिण बाट उतर तर्फ साइकलमा चढी आउदै गरेको सखुवानन्कारकट्टी गाउँपालिका ४ का १५ वर्षीय दिपेश यादवको साथबाट लागुऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याव ३ एम्पुल, नामलेवल नभएको ३ एम्पुल र नाईट्रोभेट ४५ ट्याबलेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता विनोद घिमिरेले बताए।

पक्राउ परेका यादव लाई लिई ईलाका प्रहरी कार्यलय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको हो।

सम्बन्धित खवर