रतुवामाईमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना स्वरुप दिप प्रज्ज्वलन गरिँदै

रतुवामाईमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना स्वरुप दिप प्रज्ज्वलन गरिँदै

 

मिर्गाैलाको समस्या लामो समयदेखि थलिएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै रतुवामाईका युवाहरुले दिप प्रज्ज्वलन गर्न लागेका हुन ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रतुवामाई नगरकमिटिको संयुत्त आयोजनामा रतुवामाई १० स्थित सोमबारे बजारमा आज साँझ दिप प्रज्ज्वलन गर्न लागेको युवा समाजसेवी समिर सुवेदीले जानकारी दिनुभयो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला सफल प्रत्यारेपण भएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई नातामा भान्जी पर्ने समिक्षा संग्रौला ज्ञावलीले मिर्गाैला दान गरेकी हुन् ।

वि.स. २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गराएका ओलीले त्यसको १२ वर्ष पछि बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गराएका हुन् । केही महिना यता मिर्गाैलाको समस्याका कारण प्रधानमन्त्री आली नियमित डायालासिसमा थिए ।

सम्बन्धित खवर