राजेन्द्र महतो लहान । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत सिरहको गोलबजार नगरपालिका वडा नम्बर ४ जनकचौकमा दुर्घटना हँदा एक एक् जनाको मृत्यु भएको छ।
को. ४ प २०९८ नम्बरको मोटरसाइलले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा विपरीत दिाशाट आउँदै गरेको अर्को मोटरसाइकलमा ठोक्किएर बसले किच्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको घटनास्थलमै मृत्यु भएको हो ।
पछाडिबाट आइरहेको ना.४ ख ४२६५ नम्बरको बसले रहमान लाई किचेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । भने अर्को मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन्।
घाइतेआरजुको भुमिजा अस्पतालमा उपचार भैइरहेको छ ।
दुर्घटना भएको बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएकोे छ ।




