क्यान्सर पीडित सिबराज पौडेललाई १ लाख आर्थीक सहयोग

क्यान्सर पीडित सिबराज पौडेललाई १ लाख आर्थीक सहयोग

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ३ का ब्लड क्यान्सर पीडित सिबराज पौडेललाई १ लाख आर्थीक सहयोग जुटेको छ ।

बेलका का २७ बर्षिय सिवराज पौडेल गत्त ३ महिना देखि ब्लड क्यान्सर रोग बाट लडिरहेका छन । न्यून आर्थिक अवस्था भएका पौडेलकाे परिवारलाई यति खेर आर्थीक तथा रोगको पिडाले सताएको छ ।

पौडेलकाे उपचारमा धेरै पैसा सकिसकेको र अझ धेरै लाग्ने हुदा चितवन स्थित भरतपुर क्यानसर अस्पतालमा उपचाररत उनलाई हाल देश विदेस तथा विभिन्न संघ सस्था सहयोगी हातहरुबाट आर्थीक सहयोग उठाउँने काम भैरहेको विद्यार्थी नेता भरत घिमिरेले जानकारी दिए ।

केही सहयोग रकम सम्बन्धि बिरामीका अभिभावक लाई हस्तान्तरण गरिरहेको समेत नेता घिमिरेले बताए । आफु बाचे देश र जनताको लागि केही गर्ने सोच राखेकाे बिरामी पौडेलले बताए । शिवराज “विलक्षण प्रतिभा र एक्ममै मिलनसार, सहयोगी सबैको हित चाहने स्वभावका भएको पत्रकार सुमनसागर खतिवडाले बताए ।”

बेलका नगरपालिका रामपुर निवासी सामाजिक क्षेत्रमा काम गर्दै आएका सक्रिय युवा हाल अमेरिकामा बसोबास गर्र्ने सबिन थापाले अमेरिकाबाट साथीहरू सँग एक लाख रकम उठाएर सिबराजको उपचारको लागि सहयोग प्रदान गरेका छन् ।

उक्त रकम कांग्रेस नेता अशोक कार्की, अनेरास्ववियू का केन्द्रिय सदस्य भरत घिमिरे र स्थानीय समाजसेवी बिकास खत्रीले बिरामीलाई भटेर प्रदान गरेको अनेरास्ववियूका नेता घिमिरेले बताए ।

साथै भेटमा बिरामी सिबराजलाई स्वास्थ लाभको कामना गरिएको उनले बताए । सबिन थापाको नेतृत्वमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया बस्ने युवाहरुको सहयोग गरेका हुँन ।

सम्बन्धित खवर