कोरोनाबाट बच्नका लागि युवा जागरणले थाल्यो उर्लाबारीमा सचेतना कार्यक्रम

कोरोनाबाट बच्नका लागि युवा जागरणले थाल्यो उर्लाबारीमा सचेतना कार्यक्रम

भीमराज अधिकारी, पथरी

कोरोना भाइरसको प्रकोप बढ्न सक्ने भन्दै मोरङको उर्लाबारीमा सचेतना कार्यक्रम थालिएको छ । युवा जागरण नेपाल उर्लाबारीको आयोजनामा बुधबार देखि सो क्षेत्रका सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको अध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिनुभयो । पहिलो चरणमा सामुदायिक र सो पछि संसथगत तथा आसपासका पालिकाहरुमा पनि यस्तो सचेतना कार्यक्रम गरिने बास्तोलाले बताउनुभयो ।

आज पहिलो दिन वडा नं. ८ को लक्ष्मी मावि, वडा नं. ९ को अरनिको मावि, ७ को राधिका माविका विद्यार्थीहरुलाई सचेतना गरिएको छ । सो विद्यालयमा कक्षा ७ देखि माथि अध्ययन गर्ने करिब ५ सय बढि विद्यार्थीहरुलाई सचेतना गरिएको सचिव तिलक नेपालीले जानकारी दिनुभयो । भोली विहिबारसुनपकुवा मावि, सुनझोडा मावि, राधिका माविमा सचेतना कार्यक्रम गरिने नेपालीले जानकारी दिनुभयो ।

कोरोनाका बारेमा युवा जागरण नेपालका सल्लाहकार रुद्र बहादुर तामाङले सहजीकरण गरिरहनुभएको छ । उर्लाबारीमा कोरोना भित्रिनबाट जोगिनका लागि अपनाउन सकिने सावधानी, यदि कोरोना आइहालेमा अरुलाई सर्नबाट जोगिने उपाएका बारेमा सचेतना गरिएको तामाङले बताउनुभयो ।

सम्बन्धित खवर