देशभरका कांग्रेसलाई राम्रो सन्देश, क्षेत्रीय सभापतिले दिए ओलीलाई दिप प्रज्वलन गरेर शुभकामना

देशभरका कांग्रेसलाई राम्रो सन्देश, क्षेत्रीय सभापतिले दिए ओलीलाई दिप प्रज्वलन गरेर शुभकामना

भीमराज अधिकारी, पथरी

प्रधान मन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै आश देशभरका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । मोरङ पथरी शनिश्चरेमा पनि ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्काले शुभकामना दिएका छन् ।

युवासंघ पथरी शनिश्चरेले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा सबैभन्दा पहिला प्रधान मन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै खड्काले दिप प्रज्वलन गरेका हुन् । देशभर कांग्रेसले प्रतिपक्षमा बसेर सहकार्यको काम गर्न नसकेको, ओलीको स्वास्थ्य अवस्थाका बारेमा सकारात्मक हुन नसकेको भन्ने आरोप आइरहेका बेला खड्काले कांग्रेसीलाई शुभ सन्देश दिएका हुन् ।

नगरका नेकपाका अधिकांस नेता कार्यकर्ता भेला भएको ठाउँमा क्षेत्रीय सभापतीले सुरुमा नै दिप प्रज्वलन गरेर कांग्रेस कहिले पनि मानवीय संवेदना भन्दा टाडा नरहेको उदाहरण दिएका हुन् । सो कार्यक्रममा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नगरका नेकपा नेताहरु, पथरी शनिश्चरे उप प्रमुख यमुना विष्ट, युवा संघ नगर कमिटि, अनेरास्ववियु पथरी बहुमुखीका नेताहरु लगाएतले ओली हैन भोलीको देशको भविष्य हो भन्दै स्वास्थ्य लाभको कामना गरे ।

सम्बन्धित खवर