प्रदेश १ मा कोरोना संक्रमितलाई उपचार गर्न २८ सैयाको आइसोेसन वार्ड तयार

प्रदेश १ मा कोरोना संक्रमितलाई उपचार गर्न २८ सैयाको आइसोेसन वार्ड तयार

पथरी, कोरोना भाइरस संक्रमितलाई उपचार गर्न प्रदेश १ मा २८ शै्याको आइसोलेसन वार्ड तयार भएको छ ।

संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिएको छ । शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. शुरेश मेहताको अनुसार प्रदेशका ठूला अस्पतालमा २८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयू सहितको आइसोलेसन वार्ड तयार गरिएको छ । विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा. मेहताले बताउनु भयो ।

कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । टास्क फोर्समा ९ सदस्य छन् ।

नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर, झापाको भद्रपुरमा विषेश निगरानीको थालनी गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुभएको छ । पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविको ४० औँ वार्षिक उत्सव तथा वृहत् विज्ञान प्रदर्शनीको उद्घाटन गर्न आउनुभएका मन्त्री घिमिरेले सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । कोरोनाको त्रास लिएर बस्नु भन्दा पनि सबैले आफ्नो ठाउँबाट सतर्कता अपनाउन पनि घिमिरेले सुझाव दिनुभयो । माक्सको प्रयोग गर्ने, भिडभाडमा नजाने, हाछ्यु गर्दा कुइनाले छोपेर गर्ने, हात नमिलाउने, सत्कार गर्दा साथिभाइ भेट्दा हात मिलाउनुको सट्टा नमसकार गर्न पनि घिमिरेले सुझाउनुभयो ।

सम्बन्धित खवर