चेल्सी क्वार्टरफाईनलमा, लिभरपुल बाहिरियो

चेल्सी क्वार्टरफाईनलमा, लिभरपुल बाहिरियो

लिभरपुललाई हराउँदै चेल्सी एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पाँचौ चरणको खेलमा चेल्सीले लिभरपुललाई २–० गोल अन्तरले हराएको हो ।

लण्डन क्लबसंग पराजित हुँदै लिभरपुल एफ ए कपबाट बाहिरिएको छ ।

लिभरपुलले लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सिजनको दोस्रो हार ब्यहोर्यो ।

लिभरपुलले आश्चार्यजनक तरिकाले टोलीमा ७ परिवर्तन गरेको थियो । गत शनिबार सिजको पहिलो हार ब्यहोर्ने क्रममा वाटफोर्डसंग पराजित भएपछि लिभरपुलले टिममा फेरबदल गरेको थियो ।

Cesar Azpilicueta embraced his team-mate and Stamford Bridge erupted in celebration of the early lead

लिभरपुलका गोलकिपर एड्रियनको गल्तीको फाईदा उठाउँदै विलियनले १३ औ मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा एभर्टनका पुर्व खेलाडी रोस बार्कलीले गोलकिपरलाई समेत बिट गर्दै लण्डन क्लबको अग्रता दोब्बर बनाउने काम गरे ।

पछिल्लो नतिजाले चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डलाई केही राहत मिलेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस महारथी एट्लेटिको मड्रिडसंग खेल्दैछ । पहिलो लेगमा चेल्सी १–० ले पराजित बनेको थियो ।

सम्बन्धित खवर