पर्यटकिय क्षेत्रका रुपमा फस्टाउँदै सुकुटे

पर्यटकिय क्षेत्रका रुपमा फस्टाउँदै सुकुटे

बागमती प्रदेशको पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको जिल्ला सिन्धुपाल्चोक हो ।

पर्यटकको अपार सिन्धुपाल्चोक सम्भावना रहेको सिन्धुपाल्चोकको केन्द्रमा ‘सुकुटे’ पर्छ । काठमाडौंबाट दूरीको हिसाबले नजिक रहेका सुकुटेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आवतजावत ह्वातै बढेको छ । सुकुटेलाई पर्यटकीय केन्द्र रुपमा विकास गर्नको लागि पहिलोपटक सुकुटे महोत्सवको आयोजना भइरहेको छ ।

नेपाल सरकारले एक सय पर्यटकीय क्षेत्रहरुको छनोट गर्दा समेत सिन्धुपाल्चोकको सुकुटे समावेश भएको थियो । सिन्धुपाल्चोककको सिन्धुपाल्चोक भोटेकोसी र सुनकोसी नदीमा बन्जी जम्प र्र याफ्टिङ, स्याउ र गुम्बैगुम्बाले प्रख्यात हेलम्बु र पाँच पोखरीलाई नयाँ तथा विकास गर्नुपर्ने सूचीमा सूचीकृत गरेको थियो।
स्थानीय सरकारले नयाँ गन्तव्यको खोजी र प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए ।

काठमाडौंसँग जोडिएको जिल्ला सिन्धुपाल्चोक पनि विविध पर्यटकीय गन्तव्यका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको सुकुटे क्षेत्रबाट जिल्लाको अन्य पर्यटकीयस्थलहरूमा आन्तरिक र बाह्य पर्यटकहरुलाई महोत्सवको आयोजना गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र शर्माले बताए ।

महोत्सवका आउँने पर्यटकको लागि महोत्वसव अवधिभर सुकुटे आउने पर्यटकहरुलाई सम्पूर्ण सेवा सुविधामा ३० प्रतिशत छुट दिइएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिकाको केन्द्रमा रहेको सुकुटे क्षेत्रमा हाल १० वटा सुविधा सम्पन्न रिसार्टहरु सञ्चालनमा ल्याएका छन्।

सुकुटे क्षेत्रमा सञ्चालित होटल तथा रिसोर्टहरुको छाता संगठन सिन्धु पर्यटन व्यावसायी संघको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिकाको सहयोगमा महोत्सव आयोजना गरिएको हो। साहासिक खेर्ल याफटिङ मात्रै सञ्चालन हुँदै आएको थियो ।

चौतारा साँगचोकगढी नगरपालिकाका कदमबासबाट व्यावसायीक प्यराग्लाइडिङसमेत सुरुवात हुने आयोजकले जानकारी दिएको छ।

सम्बन्धित खवर