टेकुमा भर्ना भएका चारैजनालाई कोरोना नभएको पुष्टि

टेकुमा भर्ना भएका चारैजनालाई कोरोना नभएको पुष्टि

कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सबै लक्षणहरु सामान्य देखिएपछि उनीहरुलाई आज (मंगलबार) नै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘उहाँहरु सबैको रिपोर्टमा कोरोनाको लक्षण देखिएन । कुनै समस्या नभएकोले उहाँहरुलाई डिस्चार्ज गरिएको छ।’

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजना बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

सम्बन्धित खवर