पशु स्वास्थ्य शिविर सम्पन्न

पशु स्वास्थ्य शिविर सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न भएको थियो । पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो । ४ सय बढी कृषक सहभागि शिविरमा ५ हजार ७ सय १५ पशुलाई मेडिकल उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जनाउनु भयो । कार्यक्रम ८ नम्वर वडाध्यक्ष बाबुराम दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

आज वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको मेडिकल उपचार, ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको थियो । जसमा १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले उल्लेख गर्नुभयो । कार्यक्रम कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति सदस्य मैनाकुमारी राई लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

सम्बन्धित खवर