सिरहामा गाँजा सहित एक जना पक्राउ

सिरहामा गाँजा सहित एक जना पक्राउ

 

राजेन्द्र महतो, लहान । सिरहाको औरही गाँउपालिका ४ ईट्टाटार खैजनपुर बाट प्रहरीले १ किलो ५०० ग्राम लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी औरही सिरहाबाट खटिएको टोलीले औरही गाँउपालिका -४, ईट्टाटार खैजनपुरका कारी यादवको घरको आँगनमा सुकाई राखेको करिब १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो। यादवकै घरमा काम गर्ने अर्नमा गाँउपालिका- २, ब्रहम्पुरीका ४० वर्षिय राम सेवकलाई पक्राउ गरी आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरीले बताएको छ ।

साथै निज यादवको करेशाबारीमा समेत लगाइएका ३९ बोट गाँजा फडानि गरी स्थानियको रोहवरमा
नष्ट गरेको प्रहरी चौकी औरहीले जानकारी दिएको हो ।

सम्बन्धित खवर