कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।
सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको हो ।
प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको बताए ।
