शिक्षकहरु आन्दोलित हुँदा भोजपुर क्याम्पसमा पठनपाठन ठप्प

शिक्षकहरु आन्दोलित हुँदा भोजपुर क्याम्पसमा पठनपाठन ठप्प

फागुन २०, काठमाडौं – भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् ।

यही फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएको भए पनि १६ गतेदेखि आंशिक शिक्षकले ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन् । शिक्षकको आन्दोलनका कारण शिक्षा लिनबाट वञ्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाइ दिन विद्यार्थीले माग गरेका छन् ।

क्याम्पसका विद्यार्थी प्रताप तामाङले भने, शिक्षकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, फागुन ११ गतेदेखि पढाइ भएको छैन, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ ।” आन्दोलनरत शिक्षकले भने विज्ञप्तिमार्फत आफूहरुलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

आंशिक शिक्षकले राखेको मागका विषयमा माथिल्लो निकायसँग पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । आन्दोलनरत प्रध्यापकसँग वार्ता गर्ने तयारी भइरहको जनाइएको छ ।

सम्बन्धित खवर