आफ्नो चिहान आफै बनाए बलबहादुरले (भिडियो सहित हेर्नुस्)

आफ्नो चिहान आफै बनाए बलबहादुरले (भिडियो सहित हेर्नुस्)

पथरी, मोरङको पथरी शनिश्चरे ८ मङ्गलबारेका ८३ वर्षीय बलबहादुर चेम्जोङ (लिम्बू)ले आफू मरेपछि आफ्नो शव राख्ने कपुरथान (चिहान) निर्माण गर्नु भएको छ । सामान्यतया जनजाति समूदायका मानिसहरूले मरेपछि मात्र कपुरथान बनाउने चलन छ ।

उहाँले ८ फिट लम्बाई, ८ फिट चौडाई र ८ फिट उचाईको कपुरथान निर्माण गर्नु भएको हो । नातिनी तुलसा याक्खासँग आफ्नो शव राख्ने कपुरथान बनाउन जग्गा माग्दा सहजै उपलब्ध गराउनु भएपछि बलबहादुरले ६० हजार रुपियाँ खर्चेर कपुरथान निर्माण गर्नु भएको हो । पाँचथर आङसराङको मेहेलबोटेमा झण्डै २ सय वर्ष अघि आफ्ना ६ पुस्ता अघिका बाजे श्रीवाज चेम्जोङको कपुरथान देखेपछि उहाँले पनि त्यही शैलीको कपुरथान निर्माण गर्नु भएको हो । पाँचथरमा अझै पनि ४ तले ८ वर्गमिटरको कपुरथान देख्न पाइने उहाँले बताउनु भयो ।
‘ आफू मरेपछि छोरा नातिले के गर्छन, के गर्छन, कस्तो बनाइदिन्छन्, आफूले देख्न पाइदैन् । त्यसैले आफ्नो आखाँले हेरेर बनाएको हुँ ।’बलबहादुरले थप्नुभयो – आफ्नै खर्चले, आफ्नै आँखा अगाडि आफूले सोचे जस्तो कपुरथान बनाएको छु । अब मेरो अन्त्येष्ठि यही गरिदेउ भनेको छु ।’ मङ्गलबारे चोक देखि दक्षिण पश्चिमको डाडाँमा उत्तर तर्फ फर्काएर बनाइएको कपुरथानमा शव हाल्नका लागि केही भाग खाली राखिएको छ । बलबहादुरको मृत्यू पछि सोही खाली ठाउँबाट कपुरथानको मुनि शव राखेर अन्त्येष्ठि गरिने छ ।

बलबहादुरका माइला छोरा बसन्तले समेत बुबाको अन्तिम ईच्छा नै मृत्यु अगावै कपुरथान बनाउने भएकोले निर्माण गरिदिएको बताउनु भयो ।

भिडियो

सम्बन्धित खवर