अवैध लागुऔषध सहित एकजना पक्राउ

अवैध लागुऔषध सहित एकजना पक्राउ

डडेल्धुरामा अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–१ सुनकोटका ३७ वर्षीय इन्द्रबहादुर भूल रहेका छन्।

विशेष सुराकीका आधारमा नवदुर्गा गाउँपालिका १ सुनकोटस्थित किराना पसल संचालक भूललाई आइतबार पसलबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनको पसलमा प्रहरी खानतलासी गर्दा ३७० ग्राम चरेस समेत बरामद गरिएको छ ।

पक्राउ परेका भूलमाथि लागुऔषध कसुरमा मुद्दा दर्ता गरी सोमबार जिल्ला आदालत, डडेल्धुराबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानेले बताए।

सम्बन्धित खवर