सुनवर्षी मेयर कपमा कानेपोखरी अघिल्लो चरणमा

सुनवर्षी मेयर कपमा कानेपोखरी अघिल्लो चरणमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी मेयर कप फुटबलमा कानेपोखरी गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा उर्लाबारीलाई ५–३ गोल अन्तरले पछि पार्दै कानेपोखरी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि नतिजाका टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा उर्लाबारीका तर्फबाट दिपेश धिमाल, विकास राई, र एकराज बुढाथोकीले गोल गर्न सफल भएका थिए । उर्लाबारीका रुद्र क्षेत्रीको गोलले जाली चुम्न नसक्दा उर्लाबारीले हार व्यहोर्न बाध्य भएको हो ।

कानेपोखरीका तर्फबाट सनुका सावाँ, सनम राई, पेमा तामाङ, अंकर तामाङ र सन्जित राईले लगातार बलले जाली चुमाएपछि नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको हो । खेल अवधिभर दुवै टिमबाट निकै आक्रमक खेल भएको थियो । पटक पटक पाएको सुविधालाई उपयोग गर्न नसक्दा दुवै टिले नतिजाका लागि टाइब्रेकर सम्म पर्खनु प¥यो । आजको खेलको म्यान आफ दि म्याच कानेपोखरीका डिफेन्स सन्जित राई घोषित हुदैँ उनले नगद दुई हजार रुपैया पाए ।

खेलमा आज मात्रै दुईवटा पहेलो कार्ड प्रयोग गरिएको छ । उर्लाबारीका जर्सी नं. १४ का विकास राईले कानेपोखरीका खेलाडीलाई फल गरेपछि खेलको १४ औँ मिनेटमा पहिलो पहेँलो कार्डको प्रयोग गरिएको थियो । पूनः खेलको ६५ औँ मिनेटमा उर्लाबारीकै जर्सी नं. ५ का खेलाडी एकराज बुढाथोकीले फल गरेपछि दोस्रो पहेँलो कार्ड प्रयोग गरिएको थियो ।

सुनवर्षी २ अमरदहमा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा जारी खेलमा भोली (मंगलबार) बेलबारी ए टिम र रंगेली नगरपालिका बिच हुने खेल संयोजक यादब कुमार बस्नेतले जानकारी दिनुभयो । खेलको बिजेताले १ लाख २१ हजार र उप बिजेताले ६५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

सम्बन्धित खवर