वडा सदस्य तस्करीमा संलग्न, मेयर भन्छन ‘वडा सदस्यसंग संवाद गर्छु’ ।

वडा सदस्य तस्करीमा संलग्न, मेयर भन्छन ‘वडा सदस्यसंग संवाद गर्छु’ ।

पथरी
तस्करी कार्यमा संलंग्न रहेका रतुवामाइ १का वडा सदस्य मोहमद सदिर मियालाई कानुनी तस्करीको आरोप प्रमाणीत भए कानुनी कारवाहि गरिनु पर्ने रतुवामाइ नगरपालिकाका मेयर रविन राईले वताएका छन् । राईले टेलिफोन कुराकानीमा जनप्रतिनिधीले यस्ता कार्य गर्न नहुने भन्दै कानुन माथी कोहि नरहेको वताएका हुन् । राईले भने ‘मियाको ट्याक्टर दुर्घटना भएको र प्रहरीले सो ट्याक्टर वाट धानका वोरा र चिनी वरामद गरेको आफुलाई जानकारी आएको छ ’ । ट्याक्टर वाट अवौध चिनी वरामद भएको भए पनि वडा सदस्य संग आफुले सो वारे जानकारी लिन खोजे पनि उनी संग सम्पर्क नभएको राईले वताए ।

‘यस्ता काममा जनप्रतिनिधी संलग्न रहे नैतिकताका आधारमा पनि सो कार्य गर्न छुट छैन’् राईले भने ‘उनी संग थप वुझ्ने प्रयासमा छु’। राईले सो पछि १ नम्वर वडाका अध्यक्ष हरि प्रसाद गिरी संग छलफल गरेको जानकारी दिए ।

राईका अनुसार मिया मकै तथा धानको कारोवार गर्दे आएका व्यापारी हुन् । मियाकोे स्वामित्वमा रहेको मे १ त ८७ १६ नम्वरको ट्याक्टरले रतुवामाई ९, टालिभट्टामा बा २९ प ६८४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनापश्चात दुर्घटना स्थल पुगेको प्रहरीले चेकजाँच गर्दा जुटको बोराभित्र हालेर धानको बोराले माथिबाट छोपेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २५ क्विन्टल चिनी बरामद गरी नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर