पाल्पामा साँस्कृतिक महोत्सव सम्पन्न

पाल्पामा साँस्कृतिक महोत्सव सम्पन्न

पाल्पा, फागुन : प्रथम निस्दी साँस्कृतिक महोत्सव (२०७६ विविध साँस्कृतिक कार्यक्रमका साथ फागुन १९ गते भव्यताका साथ सम्पन्न भएको छ ।

परिवर्तनको लागि युवा निस्दी झ्याल्टुङ्गको आयोजना र निस्दी गाउँपालिका, पाल्पाको सहआयोजनामा सन्चालन भएको महोत्सव फागुन १५ देखि ४ दिन सम्म सन्चालन भएको हो। महोत्सवको पहिलो दिन निस्दी गाउँपालिका भित्र रहेका ७ वटै वडाहरु बाट विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।

निस्दीको खेल मैदानमा सन्चालन भएको महोत्सवको अन्तिम दिन प्रदेश नम्बर ५ पाल्पाका संसद युवराज खनाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निस्दी कला र संस्कृतिको धनी रहेको बताउदै लोप हुन लागेका लोक संस्कृति जोगाउनु पर्ने बताउनुभयो ।

महोत्सवमा लोक गायक कुलेन्द्र बिक, हुम गैरे, कृष्ण गैरै, लोक गायिका श्रीदेबी देवकोटा, कमला पोखरेल,  धनमाया दिसुवा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा अतिथी कलाकार र महोत्सव सन्चालन गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित खवर