पञ्चायत माविमा ४ जिपिए ल्याउनेलाई ५१ हजार नगद

पञ्चायत माविमा ४ जिपिए ल्याउनेलाई ५१ हजार नगद

पथरी, मोरङ पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविबाट एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई जनही ५१ हजार नगद दिइने विद्यालय प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । एसईई दिने विद्यार्थीहरुका लागि शुभकामना कार्यक्रमको आयोजना गर्दै यो पुरस्कारका लागि व्यवस्थापन समितिले निर्णय गरि सकेको बुढाथोकीले बताउनुभयो । सोमबार विद्यालयको हलमा आयोजित एक कार्यक्रमका बिच प्रि. एसईई नजित विश्लेषण गर्नुका साथै एसईई दिने विद्यार्थीहरुलाई शुभकामना दिइएको हो ।

पञ्चायतमा कक्षा ९ देखि नै हाल सिभिल इन्जिनियरिङ र जेनेरल कक्षाहरु चलिरहेको विद्यालय प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । प्रि. एसईईमा सहभागी जेनेरल कक्षाका विद्यार्थीहरु मध्ये प्रविन विश्वकर्माले सबैभन्दा वढि ३.८ जिपिए प्राप्त गरेको बुढाथोकीले जानकारी दिनुभयो ।

यही चैत्र ६ गतेबाट सुरुहुने एसईई परीक्षामा पञ्चायत माविको जेनेरल कक्षाबाट १४३ जना र सिभिलबाट ४७ जना गरी जम्मा १९० जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । अघिल्लो वर्षको एसईईमा सहभागीहरुले ३.९५ जिपिए सम्म ल्याएको बुढाथोकीले बताउनुभयो ।

सामुदायिक विद्यालयहरुमा विज्ञान संकाय तर्फ देशकै उत्कृष्ट रहेको पञ्चायतले यही फागुन २१ देखि २३ गते सम्म वृहत्त विज्ञान प्रदर्शनी समेत गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित खवर