मरिणमा छैठौं गाँउ सभा सम्पन्न

मरिणमा छैठौं गाँउ सभा सम्पन्न

सिन्धुली, १९ फागुन– सिन्धुलीको मरिण गाउँपालिकाको छैठौं गाउँसभा तथा हिउदे अधिवेशन आईतवार सम्पन्न भएको छ । मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा भएको गाउँसभाले विभिन्न निर्णयहरु गरेको छ ।

गाँउसभा मार्फत चालु आर्थिक बर्ष २०७६।०७७ को निति तथा कार्यक्रम र बजेट संसोधन गरिएको, विभिन्न ऐन पारित गरिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

गाउँसभा मार्फत मरिण गाउपालिकाको वडा नं. ४ को फुलवारी –मरिण भाईभर्सन योजनाका लागी बिनियोजन गरिएको एक करोड बजेट अर्कै शिर्षकमा रकमान्तर गरिएको उहाँले जानकारी दिनुभयो ।उक्त बजेट गाउपालिकाको वडा नं. ४ कै विभिन्न योजनाहरुमा खर्च गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

गाउपालिकाको वडा नं. ४ मा एकिकृत बस्ती निर्माण गर्ने गरी मरिण खोलाको पानीलाई वडा नं. ४ मा पुर्याउने योजनाका साथ फुलवारी –मरिण भाईभर्सन योजनाका लागि बजेट बिनियोजन गरेपनि सम्भाव्यता अध्ययन गर्दा उक्त आयोजनाका लागी धेरै रकम लाग्ने देखिएकाले अरु नै शिर्षकमा बजेट रकमान्तर गरिएको उहाँको भनाई छ ।

गाउँसभाले वन सम्बन्धि ऐन, फोहोरमैला व्यवस्थापन सम्बन्धि ऐन पारित गरेको बताउनुभयो । बागमती प्रदेश सरकारको बाल विवाह र बाल श्रम अन्त्य गर्ने अभियान सफल बनाउन गाउपालिकामा गठन भएको बाल क्लव, किशोरी सञ्जाललाई सक्रिय बनाउन एक लाख बराबरको बजेट बिनियोजन गरेको बताउनुभयो ।

नयाँ शैक्षिक शत्रमा भर्ना अभियान सफल बनाउन अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । अभिभावक शिक्षा कार्यक्रममा विशेष गरी बाल विवाह र बालश्रमका बारेमा अभिभावकलाई जानकारी गराउने उहाँको भनाई छ ।

सम्बन्धित खवर