बार्सिलोनालाई हराउँदै रियल लिग तालिकाको शीर्ष स्थानमा

बार्सिलोनालाई हराउँदै रियल लिग तालिकाको शीर्ष स्थानमा

स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

आईतबार राति रियलले घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई २–० ले हराएको हो ।

एल क्लासिकोमा शानदार जित सहित रियल लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे ।

दोस्रो हाफमा जुनियरले प्रहार गरेकाे बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो । यस्तै, बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मारियानो स्ट्रकले एक गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

मारियानोले यस सिजन जिनेदिन जिदानको नेतृत्वमा खेल्न पाएका छैनन् । तर ईन्जुरी समयमा बेन्चबाट मैदान प्रवेश गर्दै उनले रियललाई स्मरणीय जित दिलाए ।

Real Madrid began the game the better side and Toni Kroos shot off target highlighted Barcelona's ability to keep the ball

पहिलो हाफमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलका राम्रा अवसर गुमाएका थिए । रियलका गोलकिपर थिवाउट कोर्टुवाले दुवैको प्रयासलाई असफल बनाएका थिए ।

एल क्लासिकोको जितले प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले मात्र एक अंक बटुलेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसंग घरेलु मैदानमा पराजित भएपछि प्रशिक्षक जिदान दबाबमा थिए ।

एल क्लासिकोमा बार्सिलोनाबिरुद्ध रियल पछिल्लो समय कमजोर देखिन थालेको थियो । रियलले अन्तिम सात खेलमा बार्सिलोनालाई हराउन सकेको थिएन ।

रियल ५६ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोना ५५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । बार्सिलोनाले एल क्लासिकोमा जित हात पार्दै तालिकामा चार अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।

सम्बन्धित खवर