अब विमान स्थलमा कडाइ गरिने, सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह

अब विमान स्थलमा कडाइ गरिने, सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह

सरकारले अब विमान स्थलमा कडाइ गरिने जानकारी दिएको छ । कोरोनाको उच्च जोखिममा नेपालालई राखेपछि आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अउने दिनमा विमान स्थलमा कडाइ गरिने बताए । कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम पनि नगर्न ढकालले आग्रह गरे । विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले यस्तो आग्रह गरेको हो । आइबार मात्रै दुईजना कोरोना संक्रमित भएको आशंकामा टेकु अस्पतालमा भर्ना भएका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको उनको भनाइ छ।

ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताए। कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको ढकालले बताए।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि गरेको छ। सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्वाद पनि प्रभावित हुने देखिएको छ।

सम्बन्धित खवर