पथरीबाट ब्राउनसुगर सहित दुइ व्याक्ति पक्राउ

पथरीबाट ब्राउनसुगर सहित दुइ व्याक्ति पक्राउ

पथरी, इलाका प्रहरी कार्यालय पथरीले शनिबार राति ठूलो परिमाणमा लागुपदार्थ ब्राउन सुगर बरामद गरेको छ। इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीको टोलीले पथरी शनिश्‍चरे वडा नम्वर ४ नयाँ सोमवारेबाट ७ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर र तौलन प्रयोग गरिने डिजिटल मेसिनसहित २ व्याक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही वडामा बस्‍ने सनम मगर र रेश्मे मगर रहेको प्रनाउ गिरीले जानकारी दिए। प्रहरी आफैं खरिदकर्ता भएर गएपछि शनिवार राति १२ बजे सनमको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। मगरको घरमा बेचविखन गर्न ब्राउन सुगरलाई सानो सानो पोका बनाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवैलाई लागूऔषध ओसार पसार तथा कारोवारी अन्तर्गत मुद्दा दर्ता गरी कारवाहीका लागि म्याद थपेर आइतवार जिल्ला अदालत मोरङ पठाइएको छ। लागूऔषध ओसार पसार तथा कारोवारीमा दुवैलाई कम्तीमा ५ देखि १० वर्ष सम्म कैद सजाय हुने गिरीले बताए।

सम्बन्धित खवर