सुनवर्षी मेयर कपमा डाँगीहाटलाई पछि पार्दै मिक्लाजुङ अघिल्लो चरणमा

सुनवर्षी मेयर कपमा डाँगीहाटलाई पछि पार्दै मिक्लाजुङ अघिल्लो चरणमा

पथरी, मोरङको सुनवर्षी मेयर कपमा मिक्लाजुङ अघिल्लो चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा डाँगीहाट फुटबल क्लवलाई टाइब्रेकरमा लगातार ४ गोल गरेपछि खेलमा मिक्लाजुङ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धेकेलिएको थियो । दुबै टिमले खेल अवधिभर निकै आक्रमक खेल प्रस्तुत गरेता पनि अन्ततः मिक्लाजुङले नतिजा आफ्नो पोल्टामा पा¥यो ।

टाइब्रेकरमा मिक्लाजुङका तर्फबाट प्रकाश पाण्डे, अरुण ठटाल, गोपाल बुढाथोकी र पारस लिम्बूले लगातार बललाई जाली चुमाए । डिएफसीका तर्फबाट नविन गुरुङले मात्रै गोल गर्न सफल भए । मिलन परियार र बलराम निरौलाको प्रहारलाई मिक्लाजुङका गोल रक्षक युवराज तामाङले बिफल बनाएपछि खेलको नतिजा मिक्लाजुङले आफ्नो पोल्टामा पा¥यो ।

 

खेलको म्यान अफ दि म्याच मिक्लाजुङका गोल रक्षक युवराज तामाङ घोषित भए । उनले नगद २ हजार रुपैया हात पारे । सुनवर्षी २ अमरदहमा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा जारी खेलमा भोली (सोमबार) कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिका बिच हुने खेल संयोजक यादब कुमार बस्नेतले जानकारी दिनुभयो । खेलको बिजेताले १ लाख २१ हजार र उप बिजेताले ६५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

सम्बन्धित खवर