गोठ बचाउन जादाँ रुखले किचेर मृत्यु

गोठ बचाउन जादाँ रुखले किचेर मृत्यु

ओखलढुंगाको मोलुङ गाउँपालिकाको वा नं. ८ रागादीपमा रुखले किचेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका अन्दाजी ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर बिक रहेका छन् ।

शनिबार दिउसो मृतक राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनीहरुको ज्यान गएको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए । मृत्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन् ।

उनीहरुले काट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई किच्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले किचेको राईको भनाइ छ ।  राजकुमार र अम्बर बिकले डोरी लागएर रुख तनेको र अर्का एकजनाले फेदमा काट्दै गरेको रुख लडेर उनीहरु भएकै स्थानमा आएपछि भाग्दा भाग्दै किचेको स्थानीयको भनाई छ ।

सम्बन्धित खवर