प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेल आज

प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेल आज

सिन्धुली,१८ फागुन – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सैनिक दिवसको अवसरमा सिन्धुलीमाढीमा सुरु भएको प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ ।

प्रतियोगीताको फाईनल खेलमा मेन्स सिंगलको उपाधिका लागि एपिएफका दिपेश धामी र नेपाल पुलिस क्लवका विष्णु कटुवाल विच प्रतिस्पर्धा हुने भएको छ । मिक्स डबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लवका सुरोज महर्जन, अमिता गिरी र त्रिभुवन आर्मी क्लवकै पविन लुङथेप, अनुमाया राई विच प्रतिस्पर्धा हुने भएको छ । भेन्ट्रान्स डबलमा उपाधिका लागि बुटवल ब्याडमिन्टन क्लवका विरेन्द्र सिङ, बुद्धि चौधरी र चितवन ब्याडमिन्टन क्लवका मन बहादुर राना, खुस गुरुङ विच प्रतिस्पर्धा हुने आयोजक ब्याटमिन्टन संघ सिन्धुलीले जनाएको छ ।

प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगीता जिल्लामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । तीनदिन चल्ने प्रतियोगितामा देशका १ सय ६० खेलाडीले भाग लिएको प्रतियोगिता आयोजक समितिका संयोजक छत्र बम्जनले बताउनुभयो ।

मेन्स सिंगल र डबल्स, मिक्स्ड डबल्स र भेट्रान डबल्ससहित चार इभेन्टमा प्रतिस्पर्धा भएको छ । जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मीनकुमार दाहालले मेन्स सिंगल्सका विजेताले ५० हजार दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । मेन्स डबल्स विजेताले ५० हजार, दोस्राले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् ।

मिक्स्ड डबल्स विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने जोडीले २० हजार रुपैयाँ जित्नेछन् । भेट्रान्स डबल्स विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार एक समोराहका विच गर्नुभएको थियो ।

सम्बन्धित खवर