चेल्सी बर्नेमाउथसँग २-२ गोलको बराबरीमा रोकियो

चेल्सी बर्नेमाउथसँग २-२ गोलको बराबरीमा रोकियो

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

बर्नेमाउथको घरेलु मैदानमा मार्कोस अलन्सोले ३३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा जेफर्सन लेर्माको गोलबाट बर्नेमाउथ खेलमा फर्कियो ।

खेलको ५७ औं मिनेटमा जोसुवा किङले गोल गर्दै बर्नेमाउथलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८५ औं मिनेटमा मार्कोस अलन्सोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले २८ खेलबाट ४५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।

बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

सम्बन्धित खवर