नेपाल र हङकङबिचको खेल सुरु

नेपाल र हङकङबिचको खेल सुरु

एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङबिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

थाईल्याण्डको बैंंककमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टिमले टिमको लाईन अपमा केही परिवर्तन गरेको छ । ओपनिङमा कप्तान ज्ञानेन्द्रसंग दिपेन्द्र सिंह ऐरी देखिएका छन् ।

यस्तै, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फलाई प्लेईङ सेटमा राखिएको छ ।

औसत बलिङ र कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको थियो ।

सम्बन्धित खवर