विराटनगरमा कानून विपरित होटलमा काममा लगाइएका ५ जना बालकहरुलाई उद्दार गरिएको छ ।
विराटनगर महानगरपालिका नेतृत्वको सरोकारवालाहरुको टोलीले विराटनगर क्षेत्रका विभिन्न होटलहरुबाट बालकहरुलाई उद्दार गरेको हो ।
उद्दार गरिएका बाल श्रमिकहरुलाई तत्कालका लागि सिविनको संरक्षणमा राखिने र उनीहरुको परिवारलाई जिम्मा लगाइने विराटनगर महानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमालले बताए ।बालबालिकाहरुलाई श्रममा प्रयोग गर्नु कानूनी, सामाजिक र मानवीय अपराध भएकाले १५ वर्ष मूनीका ती बालकहरुलाई उद्दार गरिएको प्रमुख धिमालले बताए ।
उनीहरुलाई होटलमा काम गर्दा(गर्दैको अवस्थामा उद्दार टोलीले भेटाएको थियो । विराटनगर महानगरपालिकाले पटक(पटक बालश्रम प्रयोग नगर्न माइकिङ र स्टीकर टाँस्ने कार्य गर्दै आएको थियो ।
त्यस्तै केही होटलहरुले कानून विपरित बालकहरु काममा प्रयोग गरेको सूचनाका आधारमा उद्दार टोलीले अनुगमन गरेको थियो ।सम्बन्धित होटलहरुलाई कानून अनुसार कारवाही गरिने विराटनगर महानगरपालिकाले जनाएको छ ।




