शनिबारको मौसम पूर्वानुमान

शनिबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।
आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, राति भने पहाडी र हिमाली भू,भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित खवर