रंगकर्मीहरुको गुनासो : सरकारले हामीलाई वास्ता गरेन

रंगकर्मीहरुको गुनासो : सरकारले हामीलाई वास्ता गरेन

सामाजिक सचेतना अभिबृद्धि र समाज रुपान्तरणका लागी संघर्ष गर्दै आएको रङ्गकर्मीहरुको समुहले स्थानीय सरकारले आफुहरुलाई हेपेको बताएको छ।

उदयपुरको सदरमुकाम गाईघाट स्थित श्रमिक पार्कमा भएको नाटकघरको आवश्यक्ता र महत्व बिषय कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन्। बिभिन्न जातजाती लगायत स–साना समुहहरुको भवन निमार्णमा स्थानीय सरकारले सहयोग गर्दै आईरहेको भएपनि समाजको ऐनामा रुपमा रहेको नाटेय क्षेत्रलाई भने स्थानिय सरकारले उपेक्षा गरेको उनीहरुको तर्क थियो

अन्य जिल्लाहरुमा कलाकारिता र रंगकर्मलाई स्थानिय सरकारले सक्दो सहयोग गरिरहे पनि उदयपुरमा भने त्यस्तो नभएको उनिहरुको गुनासो थियो। कार्यक्रममा बोल्दै मानबअधिकारकर्मी युवराज पराजुलीले नाटकले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको भन्दै नाट्य पेशालाई व्यासायिक बनाउन स्थानिय सरकार लगायत सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै मानबअधिकारकर्मी पुष्प बि.क.ले समाजमा नाटकको चासो धेरै रहेपनि सरोकारवालाहरुको वेवास्ताका कारण रंगकर्मले व्यावसायिकता पाउन नसकेको बताए ।

कुनैपनि बिषयलाई नाटकको माध्यमबाट प्रस्तुत गर्दा सरल, सहज र प्रभावकारी हुने भन्दै त्यसतर्फ ध्यान दिन सरकारवालाहरुलाई उनले आग्रह गरे। यस्तै साहित्यकार अरुण कोईमी राईले समाज परिवर्तनका लागी कलाकारीताको भुमिका महत्वपूर्ण रहेको भन्दै यसको संरक्षण र संबद्धन गर्न सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

यस्तै कलाकार नारायण दनुवारले नाटकघर निमार्णका लागी स्थानिय सरकार समक्ष दबाबमुलक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता रहेको औल्याए। यस्तै नाटकघर निमार्णका अभियन्ता तथा रंगकर्मी गोठकृष्ण ठकुरीले आफुहरु बर्षौ पहिले देखी स्थानिय संघसंस्थाहरुको स–सानो सहयोगमा नाटक प्रदर्शन गर्दै आएको तर रंगकर्मलाई स्थानिय सरकारले उपेक्षा गरेका कारण आफुहरु अन्य पेशामा आबद्ध हुनुपरेको बताए ।

नाटकबाट ‘पेट पाल्न’ नसकिने अवस्था आएपछि धेरै रंगकर्मीहरु अन्यत्र सक्रिय हुन थालेको उनको अनुभव थियो। यस्तै भेला आयोजक समितीका संयोजक तथा रंगकर्मी गोपाल कृतीले स्थानिय सरकारले नाटकघर निमार्णका लागी सहयोग गर्न सके समाज रुपान्तरणका लागी आफुहरुको योगदान अझै शशक्त हुने प्रतिबद्धता व्यक्त गरे ।

भेला आयोजक समितीले चाँडै नाटकघरको स्वरुप सहित स्थानिय सरकार समक्ष डेलिगेसन जाने र दबाबमुलक अभियान सक्रिय बनाउने निर्णय गरेको छ। कार्यक्रममा मानबअधिकारकर्मी, समाजसेवी, रंगकर्मी, साहित्यकार, कलाकार, पत्रकार लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित खवर