१८ वुँदे निर्णय पारित गर्दै पथरी शनिश्चरेको छैटौँ नगरसभा सम्पन्न

१८ वुँदे निर्णय पारित गर्दै पथरी शनिश्चरेको छैटौँ नगरसभा सम्पन्न

पथरी, १८ वुँदे निर्णय पारित गर्दै मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभा आज सम्पन्न भएको छ ।

हिँउदे अधिवेशनका रुपमा रहेको नगरसभाको आजको वन्दशत्रले पर्यटन भ्रमण वर्षको अवसरमा नयाँ वर्षमा बृहत कार्यक्रम गर्ने सहितका निर्णय पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराउनु भयो ।

उहाँले, सहकारी विधेयक र वातावरण तथा प्राकृतिक संरक्षण विधेयक पारित गर्नुका साथै वैदेशिक दातृ निकायसँग आर्थिक तथा प्राविधि सहायता लिने र भगिनी सम्वन्ध स्थापित गर्न पहल गर्ने पनि निर्णय भएको वताउनु भयो । नगरको अव्यवस्थित सहितको बसोवासको उचित समाधानका लागि प्रदेश सरकारले समेत पहल गरिदिन अनुरोध गर्ने समेत निर्णय गरिएको जनाउनु भयो ।

यसका साथै, नगरसभाले हसन्दहमा र वडा नम्वर ६ र ८ को सिमानाबाट कानेपोखरी ४ जोडने डाँसखोलाको झोलुंगे पुल क्षेत्र नजिकमा प्रहरी चौकी स्थापना गर्न सम्वन्धित मन्त्रालयमा माग गर्ने, रासायनिक वस्तु विस्थापित गरी अर्गानिक नगर बनाउने सहितका निर्णय भएका छन् । वडा नम्वर १० को जिरिखिम्ती खण्डको पूर्वपश्चिम मुख्य सडक र त्यहाँको जग्गाको नक्सा मिलाउन सर्पट नापी गर्ने पनि निर्णय भएको छ ।

यसका साथै चालु आर्थिक वर्षमा ठेक्काबाट बचेको १ करोड ५१ लाख १३ हजार ३ सय ३९, बुद्धमार्ग कालोपत्रेका लागि ठेक्काबाट बचेको ५० लाख तथा पाचौं नगरसभाबाट स्वीकृत भई निकासा थपघटका लागि विनियोजित रकमबाट व्यवस्थापन गर्नेगरी कुल ३ करोड ६३ लाख ४२ हजार ८२ रुपैयाँ वच्न पुगेको जानकारी गराइएको छ । सो रकमबाट ५४ वटा योजना बनाइएको छ ।

यसैगरी, पाँचौ नगरसभामा विषयगत क्षेत्रलाई स्वीकृत गरेको रकमको शिर्षकगत योजना कार्यक्रम अन्तर्गत १ करोड २३ लाख १० हजार बजेटको योजना संसोधित गरिएको छ । तथा वडा समितिबाट पेश भएका २६ योजना पनि नगरसभाले संसोधित गरेको छ । चालु आर्थिक वर्षको अवको अवधिमा ठेक्का प्रक्रियाबाट रकम वचत हुँदाको खण्डमा ७ वटा योजना सञ्चालन गर्ने समेत तय गरिएको छ ।

नगरसभाले, डीएसपीको दरवन्दी रहेको इलाका प्रहरी कार्यालय पथरीको भवनको व्यवस्थापन, वडा नम्वर ६ र कानेपोखरी ४ जोड्न डाँसखोलामा पक्कीपुल, १० नम्वरको त्रिवेणी चोकबाट जिरिखिम्तिी जोड्न डाँस खोलामै पक्कीपुल, ५ नम्वरको पौडेल चोकबाट मौलीबारी जोड्ने बक्राहा खोलामा पक्कीपुल, पथरी खोला तटवन्ध सहितका २२ वटा योजना मन्त्रालय तथा सम्वन्धित निकायमा पेश गर्ने पनि निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संसोधित योजना सहितका कार्यक्रमहरु पेश गर्नुभएको थियो । नगरसभाको हिजो प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खुल्ला सत्रको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खवर