सन्दिपले लिए ३ विकेट, पूरा भयो १०० विकेट

सन्दिपले लिए ३ विकेट, पूरा भयो १०० विकेट

एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालीले मलेसियासँग खेलिरहेको छ ।

थाइल्याण्डको बैंककमा जारी खेलमा नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने ३ विकेट लिइसकेका छन् ।

मलेसियाविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका थिए । अर्को ओभरमा उनले एक विकेट झारे । सन्दीपले भिरनदिप सिंह, खिजार हायत र अनवर अरुदिनलाई आउट गरे ।

१९ वर्षीय सन्दीपले करिअरको नेपालबाट १८ खेलमा ३० विकेट झारेका छन् । यस्तै उनले ५६ फ्रेन्चाइज खेलमा ७१ विकेट लिएका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ ।

सम्बन्धित खवर