पुलिसलाई हराउँदै मनाङ च्याम्पियन

पुलिसलाई हराउँदै मनाङ च्याम्पियन

बिभागीय टिम नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।

धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक-एक गोल गरे । पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए । मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

दयानन्दले पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो । यस्तै खेलको ५० औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

सम्बन्धित खवर