पथरी दुर्घटनाका घाइते जियनको पनि मृत्यु

पथरी दुर्घटनाका घाइते जियनको पनि मृत्यु

पथरी, मोरङको पथरी उर्लावारी सडक खण्ड अन्तरगत पथरी शनिश्चरे २ मा भएको दुर्घटनाका घाइते अंकित जियनको पनि मृत्यु भएको छ । शनिबार विहान करिव ६ वजेको समयमा भएको सो दुर्घटनमा पश्चिबाट पुर्व जादै गरेको प्रदेश न १–०२–००१–ख ८०९१ नम्वरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ८ ख ६७ नम्वरको ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालक जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्वर ११ वस्ने वर्ष २८ को अजय अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो । भने ट्रकका सहचालक भरतपुर महानगर पालिका वडा न ११ वर्ष ३० अंकित जियन गम्भिर घाईते भएका थिए ।

घाईतेको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको टा«फिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटना स्थलमै मृत्यु भएका ट्रकका चालकको शव उर्लावारी स्थीत मंगलवारे अस्पतलामा पोष्टर्माटमका लागि लगीएको छ । सह चालक जियनको शव पनि मंगलवारे नै ल्याएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यता ठक्कर खाने ट्रकमा भने समान्य क्षति पुगेको छ सोही ट्रकमा रहेका २८ वटा गोरुहरु मध्ये ५ वटा गोरु पनि दुर्घटनामा परी मरेका छन् ।

ट्रक र चालक सर्लाही जिल्ला हरिवन नगरपालिका वडा ७ वस्ने वर्ष ३४ का हिरोदनराग बन्जनलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा अत्याधिक तिव्र गतिका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर