नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा विविध कार्यक्रम गरी सम्पन्न

नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा विविध कार्यक्रम गरी सम्पन्न

पथरी, नेपाल शिक्षक संघ पथरी शनिश्चरेको स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । पञ्चायत मावि पथरी शनिश्चरे १ मोरङको हलमा शिक्षक सम्मान, वक्तित्वकला लगाएतका कार्यक्रहरु गरेर सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष केशव निरौला रहनुभएको थियो । निरौलाले नव आगन्तुक शिक्षकहरुलाई स्वागत गर्दै आगामी दिनमा कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । निवृत्ति भरण प्राप्त गरेर बिदाइ हुने शिक्षकहरुको आगामी दिनमा अझै सामाजिक क्षेत्रमा उत्तरदायी बनेर लाग्नुपर्ने निरौलाले बताउनुभयो । वर्षौँ देखिको अनुभवलाई समाजसेवामा लगाएर रिटायर्ड जिवनलाई अझै रमाइलो बनाएर व्यतित गर्न निरौलाले शुभकामना दिनुभयो ।

कार्यक्रममा निवृत्ति भरण पाएर जाने शिक्षकहरुलाई सम्मान पत्र र खदाले सम्मान सहित विदाइ गर्नुका साथै नव आगन्तुक स्थाइ शिक्षकहरुलाई पनि स्वागत गर्नुभयो ।

कार्यक्रममा नगरका १० वटा माविबाट सहभागी विद्यार्थीहरु बिचमा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरियो । ‘‘विद्यार्थी जिवनमा अनुशासनको महत्व’’ शीर्षमा भएको प्रतियोगितामा सिहंबाहिनी माविका छात्र अभिशेक दंगाल प्रथम, अमरसिंह माविकी छात्रा कीरण पास्वान द्धितीय र जनता माविका छात्र मञ्जिल रिजाल तृतीय भए । उनिहरुले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

कार्यक्रम नेपाल शिक्षक संघ पथरी शनिश्चरेका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर